नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-५ का भूकम्पपीडितहरु आन्दोलित भएका छन् ।
भूकम्पपीडितको नाम संकलनमा आफूहरु छुटेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । स्थानीय २ सय २२ जनाको घरको विवरण नगरपालिकाको तथ्यांकमा नभटिएपछि उनीहरुले विहीबार विदुर नगरपालिका कार्यालय घेराउ गरेका थिए ।
नाराबाजी र प्रदर्शनसहित नगरपालिकाको कार्यालयमा पुगेका पीडितहरुले तथ्यांक सच्याउन माग गरेका छन् । तर, नगरपालिकाले भने निवेदन नदिएका र सबै कागजपत्र पूरा नगरेकाहरुको मात्र नाम छुटेको दाबी गरेको छ ।
सबै कागजात पूरा भएपछि उनीहरुको नाम पीडितको सूचीमा राख्ने नगरपालिकाले जनाएको छ ।
विदुर नगरपालिकाले घर पूर्णक्षति भएकाहरुलाई २० हजार रुपैयाँ बैंकमार्फत् वितरण गरिरहेको छ । इमेजखबरमा समाचार छ ।