सर्वोच्च अदालतद्धारा प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न आदेश

 काठमाडौं । सर्बोच्च अदालतले १६ बुँदे सहमति अनुरुप संविधान जारी गर्न नपाउने गरी आदेश जारी गरेलगत्तै चार प्रमुख राजनीतिक दलको आकस्मिक बैठक डाकिएको छ ।
सर्बोच्चको आदेशपछि अब के गर्ने भन्ने बारेमा छलफल गर्न चार दलको बैठक बस्न लागेको एमाले उपमहासचिव बिष्णु पौडेलले जानकारी दिए ।
अदालतको आदेशका सम्बन्धमा औपचारिक प्रतिक्रिया पनि चार दल बैठकपछि मात्र आउने उनले बताए ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे डाकिएको छ । बैठकमा कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका नेताहरु सहभागी हुनेछन् । अन्लाईनखबरमा समाचार छ । 

 काठमाडौं, असार ४ – सर्वोच्च अदालतले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न आदेश दिएको छ ।
न्यायाधीश गिरिषचन्द्र लालको इजलासले अन्तरिम संविधानको धारा (१), ८२ र १३८ बमोजिम अर्को आदेश नभएसम्मका लागि  १६ बुँदे सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
चार दलबीच भएको सहमति अन्तरिम संविधानविपरीत भएको भन्दै अधिवक्ता विजयकान्त कर्णले रिट हालेका थिए । संविधानका विवादित विषयमा प्रमुख दलहरुबीच जेठ २५ गत राति १६ बुँदे सहमति भएको थियो ।