पृथ्वी नयाँ चरणको संकटतर्फ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक, पहिलो बाटो मानव विनाशको हुने

पृथ्वी नयाँ चरणको संकटतर्फ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन अमेरिकाका तीन विश्वविद्यालयले सार्वजनिक गरेका छन् ।
पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिकोझैं रहेको निष्कर्ष निकाल्दै प्रतिवेदनमा भनिएको छ- पहिलो बाटो मानव विनाशको हुनेछ ।
स्टानफोर्ड विश्वविद्यालयको नेतृत्वमा प्रिन्सटन र बर्कले जस्ता ख्यातीप्राप्त विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनले सामान्य अवस्थाभन्दा अहिले ११४ गुणा छिटो क्षति हुन थालेको उल्लेख गरेको हो ।
छैटौं चरणको ठूलो विनाशतर्फ अघि बढेको अनुसन्धानकर्तामध्येका एकले जनाएका छन् ।
यस्तैखाले डरलाग्दो अवस्था साँढे ६ करोड वर्ष अगाडि देखापरेको र त्यसबेला डायनोसर जस्ता जनावर लुप्त भएको थियो । पृथ्वी अत्यधिक तात्दा जीवन भएका सबैखाले प्राणी सखाप भएका थिए ।
अनुसन्धानको नेतृत्व गरेका गेरारडो सेबालोस भन्छन्