एसएलसीको मौका परीक्षा आगामी साउन २० गतेदेखि – परीक्षा तालिका

काठमाडौं । २०७१ सालमा लिएको एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ५१ प्रतिशत बढि हो ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा दुईटा विषयमा अनुर्त्तिण हुने विद्यार्थीका लागि पूरक परीक्षाको व्यवस्था गरेको छ ।
मौका परीक्षाका रुपमा लिइने परीक्षा आगामी साउन २० गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा बिहान आठ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए । अन्लाईनखबरमा समाचार छ । 

हेर्नुहोस परीक्षा तालिका

क्र.सं. मिति विषय
१. साउन २० गते बुधबार अनिवार्य अङ्ग्रेजी वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/ अनिवार्य अङ्ग्रेजी
२. साउन २१ गते बिहिबार अनिवार्य नेपाली गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (Elective English)
३. साउन २२ गते शुक्रबार अनिवार्य गणित
४. साउन २३ गते शनिबार अनिवार्य विज्ञान वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद
५. साउन २४ गते आइतबार अनिवार्य सामाजिक अनुवाद
६. साउन २५ गते सोमबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा वेद विद्याश्रमतर्फ : अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष संस्कृततर्फ : अनिवार्य संस्कृत भाषा
७. साउन २६ गते मङ्गलबार ऐच्छिक प्रथमपत्रका सबै विषय
८. साउन २७ गते बुधबार ऐच्छिक द्वित्तीयपत्रका सबै विषय