भूकम्पका कारण क्षति भएको संरचनाको पुननिर्माणका लागि पुननिर्माण प्राधिकरण गठनका लागि सरकारले अध्यादेश ल्याउने

काठमाडौं – सरकारले भूकम्पका कारण क्षति भएको संरचनाको पुननिर्माणका लागि भूकम्प पुननिर्माण प्राधिकरण गठनका लागि सरकारले अध्यादेश ल्याउने भएको छ।
राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालावीच शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा अध्यादेश मार्फत भूकम्प पुननिर्माण प्राधिकरण ऐन ल्याउने विषयमा सहमति जुटेको हो। 
पुननिर्माणका लागि प्राधिकरण गठनको प्रस्ताव मन्त्रीपरिषदमा पठाउन तयारी अवस्थामा रहेकेा वेला प्रधानमन्त्री कोइरालाले शुक्रबार दिउँसो राष्ट्रपतिसंग भेटेका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार भेटमा प्रधानमन्त्री कोइरालाले व्यवस्थापिका संसदको अधिवेशन नबसेकाले भूकम्पको पुननिर्माण सम्वन्धि ऐन अध्यादेश मार्फत ल्याउनका लागि राष्ट्रपतिसंग परामर्श गरेका थिए। कानूनमन्त्री नरहरि आचार्य, कानून सचिव भेषराज शर्मा सहित राष्ट्रपति भवन पुगेका कोइरालाले अध्यादेश मार्फत कानून ल्याएर प्राधिकरण गठन गरि सरकारले तत्काल पुननिर्माणका कामलाई जोड दिने बताएका थिए। 
मन्त्रीपरिषद स्रोतका अनुसार भूकम्पपछिको पुननिर्माणका लागि प्राधिकरण गठनको लागि सरकार अन्तिम तयारीमा छ।