रुकुममा केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प, क्षतिको कुनै विवरण अहिलेसम्म आएको छैन

रुकुममा केन्द्रबिन्दु भएर शनिबार बेलुकी ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । ६ बजेर ८ मिनेट जाँदा ५ दशमलव ४ रेक्टरको भूकम्प गएको र यो नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
 तर ४.७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकिन जियोलोजिकल सर्भेले जनाएको छ !
केन्द्रका प्रमुख लोकविजय अधिकारीले रुकुममा गएको भूकम्पको वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पसँग कुनै सम्बन्ध नभएको बतायउनुभो । यो भूकम्पबाट भएको क्षतिको कुनै विवरण अहिलेसम्म आएको छैन । 
यसैगरी शनिबार दिउँसो नै गोरखा र धादिङको सिमानामा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर माथिका ३ सय २६ वटा परकम्प गएका छन् । उज्यालो नाईन्टी नेटवर्क अन्लाईनमा समाचार छ ।