ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधन माथीको कारबाही तिब्र बनाउँदै लगेको भएपनि सवारी नियम उल्लंघन कार्यमा कमी आएन

काठमाडौं । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधन माथीको कारबाही तिब्र बनाउँदै लगेको भएपनि सवारी नियम उल्लंघन कार्यमा कमी आएको छैन ।
लेन अनुृशासन मिच्नेदेखी सडकको वातावरण खल्बल्याउने गरी अनावश्यक ध्वनी प्रदुर्षण सिर्जना गराउने सवारीको संख्यामा पछिल्ला दिनमा क्रमशः बृद्धी हुँदै गएको हो ।
शनिबार मात्र सवारी चेकजाँचका क्रममा बिभिन्न कशुरमा ८ सय ७९ सवारीलाई कारबाही गरिएको छ ।
जसमा ठुलो आवाज निकालेर सवारी चलाउने ११ वटा सवारीलाई कारबाही गरिएको छ भने, स्वरुप परिवर्तन गरी सवारी चलाउने २८, कालो धुवा फाल्ने ९, र मापसेमा ९२ जना सवारी चालकलाई कारबाही गरिएको छ ।
यस्तै  उपत्यकाका बिभिन्न क्षेत्रमा चोरी, लुटपाट, होहल्ला लगायतका कार्यमा संलग्न बिभिन्न ८५ जना ब्यक्तिलाई शनिबार नियन्त्रणमा लिइएको छ ।
सडक र सवारी सन्चालनको बर्तमान अवस्था भने सामान्य छ ।
शनिबार बिहान ६ बजेदेखी आइतबार बिहान ६ बजेसम्ममा बिभिन्न नाका हुँदै ६३ हजार ५ सय १९  यात्रु उपत्यकाबाट बाहिरिएका छन भने सोही अवधीमा ६५ हजार २ सय ९१ यात्रु काठमाडौ भित्रिएका छन ।
पछिल्लो समय उपत्यका भित्रने यात्रुहरुको संख्या बढ्दो मात्रामा देखिएको छ ।
त्रिभुवन बिमानस्थलबाट हुँने आन्तरिक तथा बाहय हवाइ उडानहरु पनि आइतबार नियमित रुपमा सञ्चालन भैरहेको छ ।
अन्तराष्ट्रिय तर्फ आगमनमा ३२ वटा र प्रस्थानमा ३० वटा उडान रहेका छन भने आन्तरिक तर्फ ५७ वटा उडान रहेका छन ।
आन्तरिक उडान भने पछिल्ला दिनमा केही कम देखिएको छ ।
यससँगै बिभिन्न निजी बिमान कम्पनीले यात्रु आकर्षित गर्न आकर्षक छुट प्याकेज  ल्याउने पनि क्रम देखिएको छ ।
माउन्टेन फ्लाइट भने आइतबार हुने छैन । यस्तै आइतबार काठमाडौ उपत्यका लगायत देशभरीको मौसममा बदली हुने छ ।
पश्चिम हिमाली क्षेत्रमा भने आज हिमपात हुन सक्ने मौसम पुर्वानुृमान महाशाखाले जनाएको छ ।
मनसुन सुरु भएसँगै केही समययता घटेको उपत्यकाको तापक्रम आइतबार २७ देखी ३० डिग्री सेल्सीयसको बिच रहने अनुमान गरिएको छ । इमेजखबरमा समाचार छ ।