नेपालगन्ज – एसएलसी परिक्षामा असफल भएको कारण रुपन्देही, बाँके, तनहुँ र धादिङमा चार जनाले आत्महत्या गरेका छन्।
एसएलसी परिक्षामा फेल हुँदा बाँके, बागेश्वरी-५ मनकामनापुरकी १७ वर्षीया छात्रा सीता भण्डारीले आत्महत्या गरेकी छन्। एसएलसीको नतिजा प्रकाशित भएपछि आफू फेल भएको थाहा पाएपछि आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय मनकामनापुरबाट उनले एसएलसी दिइएकी थिइन्। परिक्षामा उनी विज्ञान विषयमा २ अंक नपुगेर फेल भएकी छन्। आत्महत्या गर्नु पूर्व ती छात्राले सुसाईड नोट लेखेको प्रहरी नायब उपरिक्षक शुशील राठौरले जानकारी दिए। उनले सुसाईड नोटमा आफूले बाबु आमाको सपना पूरा गर्न नसकेको उल्लेख गरेकी छन्।
यसैगरी रुपन्देही बुटवल नगरपालिका-८ बस्ने १७ बर्षीया ममता पभरले शुक्रबार साँझ एसएलसी परिक्षामा असफल भएको कारण सेल्फास नाम विषादी सेवन गर्दा असक्त भएकोले किम्सन अस्पताल मणिग्राम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।
यसैगरी तनहुँ भानु