भूकम्प प्रभावित क्षेत्रमा एमालेले बनायो २८ हजार आवासगृह, १ हजार स्कूल र ५ हजार स्वास्थ्यचौकी निर्माण

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानलाई अझ प्रभावकारी बनाउने भएको छ ।
स्वयम्सेवक परिचालन अभियानले सोमबार पार्टी मुख्यालय बल्खुमा गरेको कार्यक्रममा अभियानका संयोजक गोकर्ण बिष्टले अभियानलाई अझै प्रभावकारी बनाएर जनतामाझ पुग्ने जानकारी दिए ।
उनले एमालेको स्वयम्सेवक अभियानमार्फत् भूकम्प प्रभावित क्षेत्रमा २८ हजार आवासगृह, १ हजार स्कूल र ५ हजार स्वास्थ्यचौकी निर्माण गरिसकिएको जानकारी दिए ।
एमाले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण लागि २५ जिल्लाका ८३ निर्वाचन क्षेत्रका स्वम्सेवक परिचालन गरेको छ ।
एमालेले सगरमाथा सग्लै छ हाम्रो चिनारी अग्लै छ भन्ने नाराका साथ पुनःनिर्माणको अभियान सन्चालन गरेको हो । इमेजखबरमा समाचार छ ।