भूकम्पपछि त्रासले काठमाडौँ उपत्यका छाडेकामध्ये छ लाख जनता अझै उपत्यका फर्किएका छैनन् । ट्राफिक प्रहरीका अनुसार गत वैशाख १२ पछि असार ७ गतेसम्म ३८ लाख ९९ हजार ३६ जना उपत्यकाबाट बाहिरिएका छन् । सोही अवधिमा ३२ लाख ४५ हजार ६४८ जनामात्रै उपत्यका भित्रिएका छन् । सो सङ्ख्या बाहिरिनेभन्दा छ लाख ५३ हजार ३८८ कम हो ।
भूकम्पपछि वैशाखमा १९ लाख २० हजार ४५८, जेठमा १५ लाख ५१ हजार २०८ र असार ७ गतेसम्म ४ लाख २७ हजार ३७० जना यात्रु बाहिरिएका थिए ।
सोही अवधिमा वैशाखमा ११ लाख २४ हजार ५७२, जेठमा १६ लाख ७१ हजार १४६ र असार ७ गतेसम्म चार लाख ४९ हजार ९३० जना यात्रु भित्रिएका छन् ।
यो अवधिमा चार लाख ९६ हजार ६७७ सवारी साधन बाहिरिएका छन् भने चार लाख ७४ हजार ८६८ सवारी साधन भित्रिएका छन् । भूकम्पपछि उपत्यका छोडेर नफर्किएका छ लाख ५३ हजार ३८८ मध्ये आधा अब नफर्किने गरेर गएको अनुमान गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोखरेल भूकम्पको त्रासका कारण उपत्यकामा डेरा गरेर बस्नेको ठूलो सङ्ख्या नफर्किने गरी आफ्नो जन्मथलोका फर्किएको जानकारी दिए।
उनले भने