कुनै हालतमा पनि संविधान निर्माणको काम नरोकिने संविधानसभा अध्यक्षको भनाई

भक्तपुर । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कुनै हालतमा पनि संविधान निर्माणको काम नरोकिने बताएका छन् ।
दुबै मृगौला खराब भएपछि एक वर्षयता भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका मधेस समता पार्टीका सभासद मेगराज निसादको स्वास्थ्यस्थितबारे बुधबार जानकारी लिएपछि उनले संविधानसभा सार्वभौम भएको भन्दै अब कुनै कारणले संविधान लेखनको काम नरोकिने बताए ।
अस्पतालले आगामी सातासम्ममा सभासद निसादमा मृगौला प्रत्यारोण गरिने जानकारी दिएको छ । इमेजखबरमा समाचार छ ।