काठमाडौं – सरकारले असार १५ देखि व्यवस्थापिका संसदको बजेट अधिवेशन डाक्ने तयारी गरेको छ ।
संसद सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले असार १५ को अपरान्ह ३ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गरेका छन् ।
हिउँदे अधिवेशन नै नडाकेको सरकारले पूर्व बजेट छलफलका लागि पर्याप्त समय नहुने गरी बर्षे अधिवेशन डाकेको हो । सरकारले संसदमा बजेट पेस गर्नु १५ दिन अघि संदनमा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल गर्नुपर्ने नियम छ ।
असार मसान्तभित्रै पेस्की खर्च विधेयक पारित गर्ने गरी बजेट पेस गर्नुपर्ने भएकाले पूर्व बजेट छलफल निकै छोटो हुने सचिवालय स्रोतले जनाएको छ । सरकारले बजेट अघि राष्ट्रपतिमार्फत् सदनमा वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुपर्छ । ईकन्तिपुरमा समाचार छ ।