आज भूकम्पछिको पुनःर्निमाणका लागि काठमाडौंमा दाताहरुको सम्मेलन

काठमाडौं । भूकम्पछिको पुनःर्निमाणका लागि दाताहरुलाई सहयोग आह्वान गर्ने उद्देश्यले आज विहीबार काठमाडौंमा दाताहरुको सम्मेलन हुँदैछ ।
दाताहरुको सम्मेलनमा सहभागी हुन छिमेकीमुलुक भारत र चीनसहित ५५ देशका २ सय ८० जना प्रतिनिधि काठमाडौं आइसकेका छन् । सम्मेलनमा भारत, चीन र नर्वेबाट विदेशमन्त्रीहरु सहभागी हुँदै छन् ।
भारत, चीनसहित सम्मेलनमा ७ देशबाट मन्त्रिस्तरीय सहभागिता हँुदैछ । भुटानबाट अर्थमन्त्री र जापानबाट विदेश राज्यमन्त्री सम्मेलनमा सहभागी हुँदैछन् ।
यस्तै, दातृ निकायमा विश्व बैंकका उपाध्यक्ष, एसियाली विकास बैंकका अध्यक्ष, जाइकाका अध्यक्ष, संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं डीफिडबाट निर्देशकले सहभागिता जनाउने अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले जानकारी दिए ।
सम्मेलनमा सहभागिताका लागि नेपाल सरकारले ७० ओटा दातृ मुलुक एवं निकायलाई निमन्त्रणा गरेको थियो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् । उद्घाटन सत्रपछि