पश्चिम र मध्यभागमा लगातार भारी वर्षा हुने

काठमाडौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रवारसम्मै पश्चिम र मध्यभागमा लगातार भारी वर्षा हुने जनाएको छ ।
लगातारको भारी वर्षाले पश्चिम र मध्यक्षेत्रमा बाढी र पहिरोको संभावना रहेको भन्दै बिहीवार विशेष बुलेटिनमार्फत् महाशाखाले सतर्कता अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।