औषधिलगायत खाद्यान्नको मूल्य अनिवार्य तोक्नुपर्ने व्यवस्था, उपभोक्ताप्रति व्यवसायी संवेदनशील देखिएनन्

काठमाडौं  – सरकारले औषधिलगायत खाद्यान्नको मूल्य अनिवार्य तोक्नुपर्ने व्यवस्था गर्न लागेको छ । औषधिजन्यलगायत खाद्यान्नमा मनोमानी मूल्य असुल्न थालेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले यस्तो नियम लागू गर्न लागेको हो । विभागले पत्रपत्रिकामा सूचना निकालेर यस्तो व्यवस्था गर्न लागेको हो ।
उपभोक्ताप्रति व्यवसायी संवेदनशील देखिएनन् । अन्य क्षेत्रभन्दा पनि औषधिमा बढी बेथिति देखिएको छ । उपभोक्ताको हितमा काम गरेको देखिँदैन, विभागका महानिर्देशक शम्भु कोइरालाले  भने,