प्रधानमन्त्री सुशील कोइरालाद्दारा नेपालको पुनःनिर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन अन्त्यन्तै उपलब्धिमूलक भएको दाबी

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको पुनःनिर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन अन्त्यन्तै उपलब्धिमूलक भएको दाबी गरेका छन् ।
आफ्नै निवास बालुवाटारमा शुक्रबार विभिन्न संघ-संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपालप्रति अन्तर्राष्ट्रिय जगतले देखाएको चासो र सदासयताको प्रशंसा गरे ।
उनले वर्षात् सुरु भएकाले हिउँद लागेपछि पुनःनिर्माणको काम थाल्ने बताए । सबै मिलेर आधुनिक नेपालको निर्माण गरेरै छाड्ने उनको दृढता थियो ।
प्रधानमन्त्री कोइरालाले विपद्को सामना गर्दै लोकतान्त्रिक संविधान जारी गर्ने र मुलुकमा शान्ति तथा स्थायित्व कायम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साउदी अरेबियामा काम गर्न गएका नेपालीले ८ लाख ५० हजार रुपैयाँ जम्मा गरेका थिए । इमेजखबरमा समाचार छ ।