सरकारले आवासीय भवनमा सटर वा पसल राख्न नपाइने ब्यवस्था गर्न लागेको छ। भवन निर्माण सम्बन्धी मापदण्ड संशोधन गरी सहरी विकास मन्त्रालयले यस्तो नियम ल्याउन लागेको खबर आजको कारोबारमा छापिएको छ। यो प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि अब निर्माण हुने आवासीय भवनमा सटर तथा पसल राख्न पाइने छैन। सटर र पसलको स्वीकृति लिए त्यस्तो भवन स्वतः ब्यापारिक मानिनेछ।
त्यस्तै, ६ मिटरभन्दा कम चौडाइको सडक वरपर बन्ने भवनमा पनि सटर राख्न नपाइने भएको छ । सटर राख्दा कम्तिमा ३ मिटरको