लगातार परेको वर्षाले महाकाली नदीमा पानीको बहाव २ लाख ७० हजार क्युसेक
आषाढ़ ११ गते, २०७२ मा प्रकाशित
कन्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा विहीबारदेखि लगातार परेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको छ ।
शुक्रबार बिहानको मापनअनुसार महाकालीमा २ लाख ७० हजार क्युसेक पानी पुगेको छ । सामान्यतया नदीमा पानीको बहाव एक लाख पुगेपछि खतरा मानिन्छ ।
महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा रहेको वनबसा पुलमा सवारी-सााधनको आवागमनम बन्द गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा बासिन्दा बाढी आउने चिन्तामा परेका छन् । महाकाली किनारका दोधारा, चाँदनी, भुजेला, ऐरी, ओदाली, पिपरियालगायतका क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना दिएको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ ।
पानीको सतह बढेसँगै शुक्रबार बिहानैदेखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई