अविरल बर्षाका कारण महेन्द्रनगर बजार क्षेत्र जलमग्न

महेन्द्रनगर – बिहीबार बिहानदेखि अविरल बर्षाका कारण महेन्द्रनगर बजार क्षेत्र जलमग्न भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा पनि पसेको छ । बजार आसपासका क्षेत्रसँगै भासी, बागवानी, ऐठपुर, बनखेत लगायतका ठाउँ पनि जलमग्न भएका छन् ।
बर्षाका कारण महाकाली नदीमा आएको बाढी दोधाराको कुतियाकभर क्षेत्रको बस्तीमा पस्न थालेपछि किनार क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा राखिएको छ ।