काठमाडौं । गत वैशाख १२ को शक्तिशाली गोरखा भूकम्प पछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
शुक्रबारमात्रै दिउँसो तीन बजेसम्म ४ म्याग्निच्यूडमाथिको एकओटा पराकम्पन मापन भएको छ ।
शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटमा ललितपुर केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि विहीबार ४ म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन मापन भएका थिए । – इमेजखबरमा समाचार छ ।