गुलरिया, असार ११ – बिहीबारदेखि परेको अविरल वर्षाले बर्दियामा करिब डेढ सय घर डुवानमा परेको छ । जिल्लाको बासगढी नगरपालिका-५ खल्लागाउँ स्थित सुकुम्बासी टोल,ककौरा लगायतका १ सय २० घर डुवानमा परेका छन् ।
अविरल वर्षासँगै मानखोलामा आएको बाढीले सुकुम्बासी बस्तीको ५४ वटा घर डुवानमा परेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जनाए । त्यसैगरी ककौरामा तीन दर्जन बढी घर डुवानमा परेको उनले भने, त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
अविरल वर्षाले गुलरिया-५ संगमबस्तीमा १० घर र सानोश्रीताराताल नपामा ५ घर डुवानमा परेको छ । डुवानमा ग्रामीण क्षेत्रमा कती घर डुवानमा परे जानकारी प्राप्त नभएको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ ।
यसै बीच कर्णाली र बबई बबई नदीमा जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा रहेका छन् । ईकन्तिपुरमा समाचार छ ।