
काठमाडौ । अविरल वर्षापछि आएको बाढीका कारण पश्चिम क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुइदिनदेखि निरन्तर परेको बर्षाका कारण महाकाली तथा दोदा नदीमा पानीको बहाब बढेपछि नदि किनारमा बासोबास गर्दै आएका बासिन्दा त्रासमा छन् । यस्तै अविरल बर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जाखिमपनि बढेको छ ।
कञ्चनपुरका महाकाली र दोदा नदीमा पानीको बहाव खतराको बिन्दुभन्दा माथि बग्न थालेपछि उच्च सतर्कता अपनाइएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन लगाइएको छ । महाकाली नदीमा पानीको बहाव दुई लाख क्यूसेक भन्दा माथि पुगेपछि सीमा पुल वनबसाको आवागमन बन्द गरिएको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सम्भावित बाढीको खतराबाट सुरक्षित क्षेत्रमा सार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफलेले बताए । जल तथा मौसम विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार कञ्चनपुरमा आज एक सय ७५ मिलिमिटर वर्षा भएको छ ।
यस्तै महाकाली नदीमा आएको बाढीले दार्चुला जिल्ला सदरमुकाम खलंगाका तीन घर बगाएको छ । अपी नगरपालिका



