गोरखा – भूकम्पले पहिरोपछि अवरुद्ध बनेको मनासलु पदमार्ग आसपासमा वर्षात सँगै शुक्रबार रातिदेखि फेरि पहिरो खस्न थालेको छ ।
गुम्दा-५ को खानीबेसी र काशीगाउँको वेशीमा बुढीगण्डकी नदीको आसपास निरन्तर पहिरो खसेको स्थानीयबासीले बताए । पहिरोको कारण बुढीगण्डकी नदी थुनिने र खोलिने भएको खानीबेसीकी बिमाया गुरुङले बताइन ।