सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न पूर्व डीएसपी चन्दलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित

सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न नेपाल प्रहरीका पूर्व डीएसपी जगदीश चन्दलाई आइतबार आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
 ६ बर्षअघिको घटनाका अभियुक्त पूर्व डीएसपी चन्दलाई  महानगरी प्रहरी अपराध महाशाखाले शनिबार नयाँ बानेश्वरस्थित घरबाट पक्राउ गरेको थियो।
चन्दविरुद्ध ईन्टरपोलमा समेत रेडकर्नर नोटिस जारी गरेको थियो। २०६६ माघ २४ गते ४७ वर्षीय शाहको काठमाडौंको लाजिम्पाटमा गोली हानी हत्या भएको थियो। सेतोपाटीमा समाचार छ ।