पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। 
आइतबार बिहान ७ बजेर ५ मिनेटमा भारतको आसाम र भूटानको थिम्पु केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्टिय भूकम्प मापन केन्द्रले जनाएका छन्।
भूकम्पको धक्का पूर्वी नेपालको झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङमा महसुस गरिएको थियो।
गत वैशाख १२ गते नेपालमा ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएपछि पनि अझे यसको पराकम्पन आउने क्रम रोकिएको छैन। सेतोपाटीमा समाचार छ ।