अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा इद्रिस अलि बेहनालाई सेवाग्राहीबाट घुस लिँदा लिँदै नियन्त्रणमा लिएको छ।
नायब सुव्वा बेहनाले सेवाग्राहीलाई काम गरी दिने आश्वासन दिई एक लाख रुपैयाँ लिँदा लिदै अख्तियारको टोलीले रंगेहात फेला पारेको हो।
नायब सुब्बा बेहना जिल्ला प्रशासन कार्यालय बाँकेको ठाडो उजुरी शाखामा कार्यरत थिए।
लेनदेन सम्बन्धी मुद्दामा लिएर जिल्ला प्रशासन पुगेका सेवाग्राहीसँग लेनदेन रकमको ५० प्रतिशत रकम घुस दिए प्रहरी प्रशासन लगाएर रकम असुली गराइदिने आश्वासन दिई नायब सुव्वा बेहनाले एक लाख रुपैया पेश्की स्बरुप लिएका थिए।
लेन देन सम्बन्धी मुद्दा करिब ३ लाख ५० हजार रहेको थियो।
जिल्ला प्रशासन कार्यालय दाङ दरबन्दी भए पनि उनी कागारार शाखा बाँकेमा काजमा थिए।
कारागार शाखामा काजमा रहेको भए पनि नायब सुव्वा बेहनालाई जिल्ला प्रशासन कार्यालय बाँकेले ठाडो उजुरी शाखाको जिम्मेवारी दिएको थियो।
सेवाग्राहीबाट घुस लिने गरेको सूचनाका आधारमा आयोगको बाँकेको कोहलपुरस्थित सम्पर्क कार्यालयबाट खटीई गएको टोलीले नायब सुव्वा बेहनालाई नियन्त्रणमा लिएको हो। सेतोपाटीमा समाचार छ ।