सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हगाम गाविसको याङ्लाकोटमा पहिरो जाँदा गाविसका ५ र ७ नम्बर वडाका ५ वटा अस्थायी घर बगाएको छ ।
बिहान ३ बजे पहिरो गएपछि भागदौड हुँदा ६ जना घाइते भएका छन् ।
अरु मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।
भारी बर्षासँगै बस्तीभन्दा तीन सय मिटर माथिबाट खसेको पहिरोमा परी केही पशु चौपायाको मृत्यु भएको छ ।
पाँच सयभन्दा बढी घरधुरी रहेको याङ्लाकोटका ५ र ७ नम्बर वडामा भूकम्पका कारण सबै घर भत्किएकाले स्थानीय सुरक्षित स्थानमा रहेकाले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यसैबीच बिहान ३ बजेर ३१ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युटको भूकम्पको पराकम्पन गएको छ ।
पराकम्पनको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । इमेजखबरमा समाचार छ ।