देशभर मनसुन सक्रिय भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न बढ्यो

काठमाडौं  । देशभर मनसुन सक्रिय भएसँगै खेती किसानीको लागि गाँउ फर्कनेहरुको संख्या बढ्न थालेको छ ।
भुकम्पपछि उपत्यका छोडेका व्यक्तिहरु उपत्यका आउन थालेसँगै पछिल्लो डेढ महिनासम्म उपत्यकाबाट बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रुहरुको संख्या बढी हुँदै आएको थियो ।
तर देशभर मनसुन सक्रिय भएसँगै खेती किसानीका लागि गाँउ फर्केन क्रम बढेको तथ्यांङ्कले देखाएको छ ।
सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ वजेसम्म विभिन्न सडक नाका हुँदै ६४ हजार ५ सय यात्रु उपत्यका भित्रिएका छन्भने ६५ हजार १ सय यात्रु उपत्यकाबाट बाहिरिका छन् ।
यसअघि भने २४ घण्टामा उपत्यकाबाट बाहिरिने यात्रुहरुको तुलनामा उपत्यका भित्रिने याुत्रहरुको संख्या कम्तिमा २ हजारले बढी हुने गरेको थियो ।
उता पहिरोको कारण काठमाडौं बाहीरका केही सडक खण्ड अवरुद्ध भएका छन् ।
रसुवाको धुन्चे स्याफ्रुबेसी केरुङ खण्ड, जुम्ला सिजा मुगु सडकखण्ड, दोलखाको भिमेश्वर साखिने र सिंगटी लामाबगर खडक खण्ड, सिन्धुपाल्चोकको मार्मीङ, धुस्कुन सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध भएको स्थानिय प्रहरी कार्यालयहरुले जनाकारी दिएका छन् । इमेजखबरमा समाचार छ ।