काठमाडौं । चार दलका नेताहरुबीच संविधानका विवादित विषयमा सहमति भएको छ ।
नयाँ संविधानको पहिलो मस्यौदामा सहमति भएपछि मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मंगलबार साँझ सभाध्यक्ष सुबास नेम्वाङलाई मस्यौदा बुझाएका छन् ।
मंगलबार (आजै) बस्ने संविधानसभाको बैठकमा उक्त मस्यौदा पेश गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो दुई बजेका लागि बोलाइएको बैठक दलहरुबीच मस्यौदाको भाषामा अलमल हुँदा साँझ ६ बजेका लागि सारिएको थियो । मस्यौदामा समावेश केही बुँदामा दलहरुबीच विवाद हुँदा सोमबार पनि बैठकमा मस्यौदा पेश गर्न सकिएको थिएन ।
एकीकृत माओवादीले भने नागरिकता, दलित तथा मजदुरको प्रतिनिधित्वलगायतका विषयमा फरक मत राखेको छ । इमेजखबरमा समाचार छ ।