काठमाडौं । मंगलबार पनि शेयर बजार सकारात्मक रह्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंक बराबरले धनात्मक रहेर ९ सय ४९ पुग्यो । यसदिन आधा समूह हरियो रहे भने आधा रातो रहे ।
यसदिन पनि सबैभन्दा उच्च बीमा समूहमा २५ अंकको सुधार आयो । होटल, वाणिज्य बैंक र जलविद्युत् समूह पनि सामान्य अंकले हरियो रहे । व्यापार, उत्पादनमूलक, वित्त र विकास बैंक समूह भने रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको ६ लाख ४१ हजार बराबर कित्ता शेयर ३४ करोड १७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।