काठमाडौं, आषाढ १६ । दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर बुधबार बिहान भूकम्पका दुई वटा पराकम्पन गएका छन् ।
दोलखालाई केन्द्र बनाएर बिहान ९ बजेर १२ मिनेट जाँदा ४ म्याग्निच्युटको पराकम्पन गएको छ ।
यसअघि बिहानै ३ बजेर ३३ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ गतेको शक्तिशाली भूकम्पछि अहिलेसम्म ४ म्याग्नेच्युटभन्दा माथिका ३ सय ३९ वटा पराकम्पन गइसकेका छन् ।
दुई महिनाको अवधीमा ४ म्याग्निच्यूट माथिका पराकम्पहरु दैनिक सरदर पाँचवटा दरले गइरहेका छन् ।
भूकम्पविदहरुले ठूलो भूकम्पपछि सानातिना पराकम्पहरु गइरहने भएकाले सचेत रहन आग्रह गर्दै आइरहेका छन् ।
पराकम्पले ठूलो क्षति नपुर्याउने भएकाले नआत्तिन भूकम्पविदहरुको सुझाव छ । इमेजखबरमा समाचार छ ।