प्रधानमन्त्री सुशील कोइरालाद्दारा दार्चुलाको लिपुलेकबारे भएको विवाद चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त

काठमाडौं  ।  प्रधानमन्त्री सुशील कोइरालाले दार्चुलाको लिपुलेकबारे भएको विवाद चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
युवा संघ नेपालले बालुवाटार पुगेर लिपुुलेक सम्झौता खारेज गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिएपछि प्रधानमन्त्री कोइरालाले लिपुलेकका विषयमा सरकार गम्भीर भएको बताए ।
नले लिपुलेकबारे देखिएको विवादलाई कूटनीतिक सम्बन्धबाट चाँडै समाधान गरिने स्पष्ट पारे ।
युवा संघले भने नेपालको संक्रमणकालीन राजनीतिको फाइदा उठाउने उद्देश्यले भारत र चीनबीच सम्झौता भएको भन्दै लिपुलेकका विषयमा भएको सहमति खारेज गराउन सरकारले पहल गर्नुपर्ने माग गरेको छ ।
संघले राष्ट्रियता र भौगोलिक सीमा सुरक्षाका बारेमा सरकार गम्भीर नदेखिएको आरोप लगाएको छ । इमेजखबरमा समाचार छ ।