कृषिमन्त्री पराजुलीद्धारा राजिनामा

असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानी रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले रजिनामा दिएका छन । उनले एमाले पार्टी अध्यक्ष केपी ओलीलाई बुझाएका थिए । 
पराजुलीको राजीनामा प्रधानमन्त्री सुशील कोइरालाले स्वीकृत गरेका छन् । बिहीबार बिहान पार्टी अध्यक्षमार्फत पठाएको राजीनामा प्रधानमन्त्री कोइरालाले सिंहदरबारमा स्वीकृत गरेका हुन्।
महिलामाथि अशोभनीय व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएपछि पराजुलीले पार्टी अध्यक्ष ओली निवास पुगेर पद छाडेको जानकारी गराएको एमालेका एक शीर्ष नेताले जानकारी दिए । 
पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि उनले राजिनामा दिएका हुन । एमालेका शीर्ष नेताले हिजो अपरान्ह छलफल गरी पराजुलीको व्यवहारले पार्टीको छविमा आँच पुर्‍याएको निष्कर्ष निकालेको थियो ।