दलका महिला नेतृहरुले संविधानको प्रारम्भिक मस्यौदाले महिलाका अधिकार कटौती गरेको भन्दै आपत्ति

 काठमाडौं, । विभिन्न राजनीतिक दलका महिला नेतृहरुले संविधानको प्रारम्भिक मस्यौदाले महिलाका अधिकार कटौती गरेको भन्दै आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादीलगायतका दलका महिला नेतृहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानको प्रारम्भिक मस्यौदामा महिलाका अधिकार कटौती गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनीहरुले नागरिकता, शिक्षा, स्वास्थ्य, निर्वाचन प्रणालीमा महिलाका हक अधिकार कुण्ठीत भएको भन्दै मस्यौदा परिमार्जन गर्न माग गरे ।
प्रजनन् स्वास्थ्यसम्बन्धी हकलाई मौलिक अधिकारमा राख्नुपर्नेसमेत उनीहरुको माग थियो ।
महिला नेतृहरुले प्रदेशमा न्यूनतम ४० प्रतिशत र स्थानीय व्यवस्थापिकामा न्यूनतम ५० प्रतिशत आरक्षणको व्यवस्था संविधानमा नै गर्नुपर्ने बताए ।
त्यसैगरी न्याय परिषद् र संघीय न्यायिक आयोगमा पनि महिला सहभागिताको सुनिश्चित गर्नुपर्ने उनीहरुको भनाइ थियो । इमेजखबरमा समाचार छ ।