कृष्ण खनाल
बुटवल, १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराबाट आएको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका नायव सुब्बा यादव केसी खड्का लाई घुस लिदा लिदै पक्राउ गरेको छ । लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा यादव केसी खड्कालाई विहीबार पक्रेको हो ।
५५ वर्षीय खड्का बुड्डी गाविस-४, कपिलबस्तुका हुन ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रतिलिपि बनाउन सेवाग्राहीबाट ६ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक सुदन सिं बस्नेतले जानकारी दिए । उनी ३२ बर्षदेखि सरकारी सेवामा थिए ।