काठमाडौं । संविधानसभा नियमावलीमा संविधानको प्रारम्भिक मस्यौदा अध्यायनका लागि ७ दिनको समय दिनुपर्ने व्यवस्थाले बाधा पुर्याएको भन्दै नियमावलीका केही प्रवाधान निलम्बन गरिएको छ ।
योसँगै मस्यौदालाई जनताको प्रतिक्रियाको निमित्त नेपाल राजपत्रमा प्रकाशित गर्नसमेत बाटो खुलेको छ ।
नियमावली निलम्बन गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेस केन्द्रित दलले भने विरोध गरेका छन् । इमेजखबरमा समाचार छ ।