गुणस्तरहीन खाद्यान्न वितरणका सम्वन्धमा विश्व खाद्य कार्यक्रमले गरेको टिप्पणी कुटनीतिक मर्यादा विपरित

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले गुणस्तरहीन खाद्यान्न वितरणका सम्वन्धमा समाचार प्रकाशन गरेको विषयमा विश्व खाद्य कार्यक्रमले गरेको टिप्पणी कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी गरेको छ।
आयोगकी प्रवक्ता मोहना अन्सारीले कुटनीतिक माध्यममार्फत हाल देखिएका समस्याको समाधान खोज्नुपर्नेमा मिडियाले गलत लेखेको भनी गरेको आलोचना मर्यादा विपरित देखिएको बताइन् । सञ्चारमाध्यमा आएको समाचार पछि बिहीबार आयोगको अनौपचारिक वैठक बसेको थियो । आयोगले यसअघि नै गुणस्तरहीन खाद्यान्य वितरण गर्नेलाई अनुसन्धान गरी कानूनी कारवाहीको दायरमा ल्याउनु पर्ने भनिसकेकाले थप प्रष्ट पार्न आवश्यक नभएको निष्कर्ष निकालेको थियो ।
काभ्रेपलान्चोक र गोरखामा वितरण भएको चामल आयोगकै पहलमा वितरण नभई रोकिएको अवस्थामा मिडिमा आएका सवै समाचार नन्नसेन्स भन्नु गलत हुने अन्सारीले बताइएन् । काभ्रे र गोरखामा विश्व खाद्यले वितरण गरेको खाद्यान्य ल्याव परिक्षणवाट समेत खान आयोग्य रहेको प्रमाणित भएको अवस्थामा अरुलाई दोष देखाई आफू पन्छिन नमिल्ने उनले बताइन् ।खाद्यले यस्तो सामाग्री उपलव्ध गराउन निकायलाई छानविन गरी कारबाही गएिको जानकारी दिनु पर्नेमा त्यसको उल्टो हुनु दुःखद भएको उनले बताइन् ।
आयोगले जेठ १२ गते नै गुणस्तरहीन चामल उपलब्ध गराउनेलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।विश्व खाद्य कार्यक्रमले नेपाल रेडक्रस सोसाइटीमार्फत काभ्रेपलाञ्चोकमा भूकम्पपीडितलाई बाँडेको चामल गुणस्तरहीन भएको उजुरी परेपछि आयोगले अनुगमन गरेको थियो । आयोगका अनुसार काभ्रेको समाज सेवा भवनमा रहेको चामल स्वस्तिक, सुरज चामल, उत्पादक ठाकुर एग्रो इन्डस्ट्रिज लेखिएको पहेँलो बोरा र सादा सेतो प्लास्टिकको बोरामा रहेको चामल खानका लागि योग्य नभएको भन्दै वितरणमा समेत रोक लगाएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गराउँदा नेपाल सरकारले चामलका लागि तोकेको अनिवार्य गुणस्तरअनुरूप नरहेको ल्याबको प्रतिवेदन आएको भन्दै आयोगले तत्कालीन समयमा प्रतिवन्ध लगाएको थियो ।आयोगका सदस्यद्वय अन्सारी र गोविन्द शर्मा पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले महादेवस्थानको समाजसेवा भवनमा भण्डारण गरी राखिएको चामल गुणस्तरहीन रहेको पाइएपछि थप परीक्षणका लागि काठमाडौं ल्याएको थियो ।
‘पहेँलो बोरामा उत्पादन मिति मे, २०१५ र उपभोग मितिमा उत्पादन भएको मितिले ६ महिनाभित्र प्रयोग गरिसक्नुपर्ने समेत उल्लेख छ,’ आयोगको विज्ञप्तिमा भनिएको थियो ‘नांगो आँखाले हेर्दा समेत कालो रङको झन्डै आधा कनिका मिसावट रहेको आयोगको अनुगमनबाट देखिएको थियो र परीक्षणपछि पनि गुणस्तरहीन नै देखिन्छ ।’चामलको उपभोगका सम्बन्धमा अनुगमन टोलीलाई स्थानीयले चामल पकाएपछि अमिलो, तितो, खाँदा स्वाद नमिठो र नराम्रो बास्ना आउने गरेको सुनाएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
उक्त चामलको भात खाएपछि बालबालिकालाई झाडापखाला भएर जीवनजल खुवाउनुपरेको अनुगमनमा पाइएकाले मानवीय स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको आयोगको निष्कर्ष थियो ।आयोगले यसअघि २०६६ सालमा विश्व खाद्य कार्यक्रमबाट जाजरकोट जिल्लामा वितरित खाद्यान्न गुणस्तरहीन भएको ठहर गरी आवश्यक कारबाहीका लागि सिफारिस गरेको थियो । नागरिकन्युजमा समाचार छ ।