महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका कृषि मन्त्री हरि पराजुलीले राजीनामा दिएपछि सो मन्त्रालय बामदेव गौतमले सम्हाल्ने

काठमाडौं – महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका कृषि विकासमन्त्री हरि पराजुलीले राजीनामा दिएपछि सो मन्त्रालय उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले सम्हाल्ने भएका छन् ।
बिहीबार साझँ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट बसेको शीर्ष नेताको अनौपचारिक बैठकले अर्को व्यवस्था नहुनेन्जलसम्म कृषिमन्त्रालयको कार्यभारपनि  गौतमले सम्हाल्ने सहमति भएको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले नागरिकन्युजलाई जानकारी दिए । उनले बैठकले तत्काल नयाँ मन्त्री नपठाउने निर्णय गरेको बताए ।