उत्तरी दोलखामा सुक्खा पहिरो, एकजना बेपत्ता, ७ जना घाइते, खोजीकार्य जारी

दोलखा । उत्तरी दोलखाको गौरीशंकर गाविस-९ तासिनाममा गएको सुक्खा पहिरोमा परी एकजना बेपत्ता भएका छन् ।
शुक्रबार बिहान १० बजेतिर गएको सुक्खा पहिरोमा परी अरु ७ जना घाइते भएका छन् । बेपत्ता हुनेमा दोलखा, ओराङकी शर्मिला आचार्य रहेकी छन् । उनको खोजीकार्य जारी रहेको बताइएको छ ।
पहिरोमा परी पुल बनाउन खटिएका मजदुरहरु घाइते भएका हुन् । पहिरोका कारण सिप्रिङ खोला जलविद्युत् आयोजना र दुईओटा ट्रान्सफर्मरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।