भुईचालोका कारण सिन्धुपाल्चोकमा खानेपानी समस्या

भुईचालोका कारण जिल्लाका अधिकांश गाउँमा पानीको मुहान सुकेपछि सिन्धपाल्चोकमा खानेपानीको समस्याले सताएको छ। भुईचालोले जमिन हल्लाएपछि सुकेका मुहानमा पानी नपलाउँदा जिल्लैभर खानेपानीको चरम अभाव भएको हो।
 
६८ गाविस र दुई नगरपालिका रहेको जिल्लाका सबैजसो ठाउँमा अहिले पानीको समस्या छ। सफा खानेपानी नपाउँदा जिल्लाका केही भेगका बासिन्दा विमारीसमेत पर्न थालेका छन्। पाखोबाट बगेर जम्मा भएको धमिलो पानी पिउन बाध्य भएकाले गाउँमा स्वास्थ्य समस्या परेको हो।
 
सदरमुकाम चौतारामासमेत पानीको समस्या छ। विशेषगरि हिमाली गाउँवासी खनेपानी अभाव भोगिरहेका छन्। मुहानबाट पानी ल्याउने अधिकांश ठाउँमा पहिरो गएकाले सहज आपुर्ती गर्न सकिएको छैन। जिल्लाको सेलाङ, बराम्ची, पाङताङ, बरुवा, बाँसखर्क, सिम्पालकाभ्रे, स्याउले, तौंथलीलगायत गाउँमा चरम समस्या भएको स्थानीयले बताएका छन्।
 
पाङताङवासी खोलाको धमिलो पानी पिउन बाध्य छन्। पाङताङ