काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताले आगामी संविधानमा धर्मबाट अलग हुने स्वतन्त्रतालाई धर्म परिवर्तनको हकका रुपमा कायम नगर्ने सहमति भएपछि संविधानसभामा राप्रपा नेपालले गर्दै आएको अवरोध हटेको छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा शनिबार प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच कुनै धर्मबाट अलग हुने स्वतन्त्रतालाई धर्म परिवर्तनका रुपमा व्याख्या नगर्ने सहमति भएको छ । योसँगै शुक्रबारदेखि राप्रपा नेपालले संंविधानसभामा लगातार गरेको अवरोध हटेको छ ।
त्यसपछि मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभामा जवाफ दिएका थिए ।
जवाफका क्रममा सभापति सिटौलाले धर्मबाट अलग हुने स्वतन्त्रता धर्म परिवर्तनको हक नभएको स्पस्ट पारे । उनले निक्र्यौल समितिमा सहमति भनेर पठाएको धार्मिक स्वतन्त्रताको हकसम्बन्धी धारामा कुनै