पश्चिम क्षेत्रमा भारी वर्षा हुने, सतर्कता अपनाउन अपिल

काठमाडौं  – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि पश्चिम क्षेत्रमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । पश्चिमको तुलनामा काठमाडौंसहित मध्ये र पूर्वमा भने कम वर्षा हुने महाशाखाको अनुमान छ ।
न्युनचापीय क्षेत्रको विकासँगै मनसुन सक्रिय भएपछि पश्चिममा भारी वर्षा हुने महाशाखाले शनिबार विशेष बुलेटिनमार्फत् जनाएको हो । न्युनचापीय रेखा पूर्वी भागमा भन्दा पश्चिमतिरको भागको फुट हिल अफ दि हिमालयमा छ ।