काठमाडौ – आइबार दिउँसो परेको पानीले आकाशमै होल्ड भएका जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन थालेको छ । साथै विमानस्थलबाट उडान पनि सुचारु भएको छ । आइतबार दिउँसो केहीसमय भीषण वर्षाले भिजिविलिटी कम हुँदा विमानस्थलमा जहाज अवतरण तथा उडान हुन सकेको थिएन ।
————–
आइतबार मध्यान्हदेखि परेको पानीले भिजिविलिटी नहुँदा त्रिभुवन विमानस्थलमा कुनै पनि जहाज अवतरण तथा उडान हुन सकेको छैन । विमानस्थलस्थित टर्मिनल ड्युटी अफिसरका अनुसार अहिले आकाशमा चारवटा जहाज होल्डमा छ भने एउटा जहाज डाइभर्ट भएको छ ।
होल्डमा भारतबाट आएको इन्डिगो, साउदी अरबबाट आएको एयर अरेबिया, दिल्लीबाट आएको नेपाल वायुसेवा निगम र चीनबाट आएको चाइना साउदर्नका जहाज होल्डमा छ भने मलेसिया एयरलाइन्स ढाका डाइभर्ट भएको छ ।
यसैगरी विमानस्थलबाट उडान भर्न तयार रहेका थाइ एयर र फ्लाइ दुबइको जहाज पनि उड्न सकेको छैन । अफिसरका अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमबारे अहिलेसम्म केही जानकारी गराएको छैन । ती अफिसरले कतिबेला भिजिविलिट पुग्छ भन्नै नसकिने बताए । ईकन्तिपुरमा समाचार छ ।