काठमाडौं । दोलखालाई केन्द्रविन्दु बनाएर सोमबार पनि भूकम्पको एउटा पराकम्पन गएको छ ।
बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा दोलखालाई नै केन्द्र बनाएर ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको थियो । इमेजखबरमा समाचार छ ।