संविधानको मस्यौदामाथि संविधानसभामा छलफल जारी

काठमाडौं  । संविधानको मस्यौदामाथि संविधानसभामा छलफल भइरहेको छ ।
मस्यौदा समितिले यही असार १५ गते संविधानसभामा पेश गरेको मस्यौदामाथि शुक्रबारदेखि निरन्तर छलफल भइरहेको छ ।
छलफलमा सभासदहरुले मस्यौदालाई उपलब्धीका रुपमा लिँदै आवश्यक संशोधन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
उनीहरुले चार दलबीच भएको १६ बुँदे सहमतिले राजनीतिक गतिरोध अन्त्य गरेको उल्लेख गर्दै अब ढिलो नगरी संविधान जारी गर्नुपर्ने बताएका छन् ।
सभासदहरुले नागरिकतामा महिला र पुरुषलाई समान व्यवहार गर्नुपर्ने, आमा वा बाबु दुवैको नामबाट नागरिकता पाउनुपर्ने, स्थानीय निकायको चुनाव संविधानमा नै तोक्नुपर्ने, वडाअध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुन्ने व्यवस्था गर्न माग गरेका छन् ।
मस्यौदामा संघीयताको विषय प्रष्ट रुपमा नसमेटिएको भन्दै पाँच दलले सोमबार पनि संविधानसभाको बैठक बहिस्कार गरेका छन् ।
प्रदेशको नामांकन र सिमांकनलाई मस्यौदामा नराखिनु आपत्तिजनक भन्दै तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, संघीय समाजवादी फोरम नेपाललगायतका दलले बैठक बहिस्कार गरेका हुन् । इमेजखबरमा समाचार छ ।