लमजुङ । लमजुङको भोँजे गाउँ विकास समिति वडा नम्बर-६ मपिङ गाउँमा पहिरो जाँदा २१ घर-परिवार विस्थापित भएका छन् ।
पहिरोले गाउँसँगै रहेको बौद्ध गुम्बा बगाउनुका साथै सूर्योदय बालविकास केन्द्र पनि पुरेको छ ।
गाउँको दायाँतर्फ माथिल्लो उत्तिसघारीबाट पहिरो खस्न थालेको स्थानीय शिक्षक खमबहादुर गुरुङले बताए ।
पहिरो जान थालेपछि स्थानीयहरु सुरक्षित ठाउँमा बसाइँ सर्न थालेका छन् । प्रहरीका अनुसार विस्थापित हुनेमा झन्डै दुई सयजना छन् ।
पहिरोपछि गिलुङ प्रहरी चौकीका असइ झपड दर्जीको टोली उद्धारमा खटिएको छ । इमेजखबरमा समाचार छ ।