रसुवाको डांडागाउँमा पहिरो जाँदा २० परिवारले घर छाडे

रसुवा । रसुवाको डाँडागाउँ वडा नम्बर-५ वाँस्तोलामा सोमबार राती पहिरो जाँदा २० घर परिवारका बासिन्दाले घर छाड्नु परेको छ ।
पहिरोको उच्च जोखिममा रहेको वास्तोलाका २० घरका स्थानीय घर छाड्न बाध्य भएका हुन् ।
सिलाजित ढुंगे भीरबाट निस्केको पहिरो वडा नम्बर ४ कुटुन्जे वस्तीमा पुगेसँगै घर बगाउने डरले स्थानीयमा भागदौड मच्चिएको थियो ।
घर छाडेर भागेका स्थानीय रातभर सोही वडाको दियालेमा बसेका छन् । खसेको पहिरोले कसैको घर नबगाए पनि खेतीयोग्य जमिन भने पुरिएको छ ।
भारी बर्षा र पहिरोले गाउँभरिको जमिन समेत भासिएको छ । भूकम्पले धाँजा फाटेको जमिनमा वर्षा भएपछि पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् । इमेजखबरमा समाचार छ ।