कन्चनपुर । लगातारको वर्षाका कारण कन्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
चुरे भएर बग्ने खहरे खोलामा पानीको निकास नभएपछि सदरमुकाम महेन्द्रनगरलगायत चमनचोक, ऐठपुर, वनखेत, भासी, उल्टाखामलगातयका क्षेत्र डुबानमा परेका हुन् ।
चौधरा खोलामा आएको बाढीले बगाउँदा कन्चनपुरको टुडा गाविस वडा नम्बर-५ का रमन जोशी बेपत्ता भएका छन् ।
महाकाली, दोदा, चौधर, सुनबरा, झर्नाखोला, खहरेलगायतका नदी र खोलामा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दा विस्थापित भएका छन् ।
महाकाली नदीमा पानीको सतह बढेपछि स्थानीयबासिन्दामा त्रास छाएको छ । मंगलबार गरिएको मापनअनुसार महाकाली नदीमा पानीको सतह बढेर एक लाख क्युसेक पुगेको छ । इमेजखबरमा समाचार छ ।