सिन्धुली । भूकम्पले प्रभावित सिन्धुलीका किसान रोपाइँमा व्यस्त हुन थालेका छन् ।
सरकारले सिन्धुलीका भूकम्प प्रभावित क्षेत्रका किसानलाई उमारिएको धानको बेर्ना उपलब्ध गराएपछि स्थानीय किसान रोपाइँमा लागेका हुन् । कमलाखोंच, मरिण क्षेत्र, चदाहालगायत स्थानका किसानलाई सरकारले धानको बेर्ना उपलब्ध गराएको हो ।
भूकम्पका कारण रोपाइँ ढिलो भए पनि सरकारले बेर्ना उपलब्ध गराइदिएर धान रोप्न पाएकामा किसानहरु खुसी छन् । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको तथ्यांकअनुसार सिन्धुलीमा १० हजार ४ सय २ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । इमेजखबरमा समाचार छ ।
धान रोपाइँ गर्ने क्रममा भएको सामान्य भनाभन र हिलो हानाहानमै एक वृद्धको मृत्यु
भक्तपुर – धान रोपाइँ गर्ने क्रममा भएको सामान्य भनाभन र हिलो हानाहानमै एक वृद्धको मृत्यु भएको छ ।
चाँगुनारायण नगरपालिका-७ झौखेलमा आफन्त पर्ने ७० वर्षीय गोपाल हमाल र २२ वर्षीय गौतम मल्लबीच रोपाइँमा विवाद भई हिलो हानाहान हुँदा हमालको मृत्यु भएको छ ।
साँध जोडिएको खेतमा रोपाइँ हुने क्रममा साँधसिमानाको विवादका क्रममा दुई जनाबीच सामान्य हात हालाहाल भएको र दुवैले एक अर्कालाई माटाले हानाहान गर्दा हमालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
अभियुक्त मल्ललाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको छ । मुटुका बिरामीसमेत रहेका हमाल खेतमै बेहोस भएर लडेलगत्तै परिवारले अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीको भनाइ छ । मल्लले आफूले मार्ने नियतले हिलाले नहानेको जिकिर गरेका छन् । रासस