काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई नियुक्त गरेका छन् ।
संवैधानिक परिषदको सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति डा. यादवले श्रेष्ठलाई बुधबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले बुधबारै शीतल निवासमा राष्ट्रपति डा. यादवसमक्ष पुगेर पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संवैधानिक निकायका प्रमुख तथा सरकारी उच्च अधिकारीहरु सहभागी थिए ।
सपथपछि श्रेष्ठ अहिले सर्वोच्च अदालतमा पुगेर आफ्नो कार्यभार सम्हाल्दै छन् । इमेजखबरमा समाचार छ ।